भारतको कर्नाटकमा एक व्यक्तिले ऋण नदिएको झोकमा आगो लगाएका छन् ।
एक व्यक्तिले ऋणका लागि बैंकमा ऋण निवेदन फर्म भरेका थिए । तर बैंकले ऋण निवेदन नै खारेज गरिदियो ।
त्यसपछि ती व्यक्ति निराश र आक्रोशित बने त्यसपछि उनले बैंकमा आगो लगाइदिए ।
घटनापछि प्रहरीले उनलाई गिरफ्तार गरेको छ । कागिनेली पुलिस थानामा राखेर उनीमाथि अनुसन्धान भइरहेको बताएको छ।
प्रतिकृया दिनुहोस