धनगढी : खप्तड विकास समितिको अध्यक्षमा जमुना कुमारी चन्द नियुक्त भएकी छन्। आज बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले जयपृथ्वी सिंह नगरपालिका–१० की चन्दलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
जयपृथ्वी सिंह नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेबाट उम्मेदवार बनेर पराजित चन्दलाई सरकारले अध्यक्ष पदमा नियुक्त गरेको हो।
त्यस्तै सदस्यमा बाजुराका मीनबहादुर शाही, डोटीकी मयादेवी कुँवर र बझाङका गोकुलदेवी सिंह नियुक्त भएका छन्।
प्रतिकृया दिनुहोस