अछाम र डडेल्धुरामा अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा प्रहरीले फरार रहेका दुई जना अभियुक्तलाई पक्राउ गरेको छ।
अछाम जिल्लामा सम्मानित जिल्ला अदालत अछामको मिति २०७९ माघ २६ गतेको फैसलाअनुसार सवारी ज्यान मुद्दामा २ महिना २६ दिन कैद सजाय तथा रु। २,००० जरिवाना तोकिएका पञ्चदेवल विनायक नगरपालिका–८ बस्ने ३६ वर्षीय हिरा लाल कोमिली पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको टोलीले चैत १० गते मंगलसैन नगरपालिका–५ स्थित मंगलसैन बजारबाट पक्राउ गरेको हो।
त्यसैगरी, डडेल्धुरा जिल्लामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाअनुसार बाल यौन दुव्र्यवहार मुद्दामा १३ दिन कैद सजाय तथा रु। ५,००० जरिवाना तोकिएका भागेश्वर गाउँपालिका–४ चुल्ल बस्ने २२ वर्षीय केशव भट्टलाई पक्राउ गरिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मिति चैत १० गतेनै निजकै घरबाट पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस