कैलाली : धनगढी उपमहानगरपालिका–३ बडाराबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएका अन्दाजी मूल्य रु. ५६,८०० बराबरका बिडी, सुर्ती, गुट्खा लगायतका सामानहरू प्रहरीले बरामद गरेको छ। मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।
कञ्चनपुरः यस्तै, जिल्ला कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीस्थित भित्री सडक खण्डबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका अन्दाजी मूल्य रु. १,०६,६०० बराबरका चिनी, बिडी, खाने तेल, सुर्ती, सिरप, चियापत्ती, पानीपुरी लगायतका सामानहरू प्रहरीले बरामद गरेको छ। मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
बरामद गरिएका सामान सम्बन्धित निकायमा बुझाउने तथा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस