कैलालीको भजनी नगरपालिका–५ पृथ्वीपुरबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ७० मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका–२ परागीपुर बस्ने वर्ष ३० का प्रकाश भण्डारी, वर्ष २६ का प्रकाश वडुवाल र वर्ष २८ का प्रविन भण्डारी रहेका छन्। विशेष सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बा ९५ प ४६९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी लागूऔषध तथा मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ६५ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका–१ भासि बस्ने वर्ष २० का आकाश चौधरी र सोही नगरपालिका–२ भासि बस्ने वर्ष २१ का अबिषेक चौधरी रहेका छन्। अस्थायी प्रहरी पोष्ट बन्साहबाट खटिएको प्रहरी टोलीले शंकाको आधारमा चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ बरामद भएपछि आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।
दुवै घटनामा पक्राउ परेकामाथि सम्बन्धित मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस