अरुको पिडा,समस्या लेख्ने पत्रकारका समस्या कस्ले बुझ्ने ?

पवन भण्डारी   शनिबार ०८, माघ २०७८ १०:५४

पत्रकार महासँघमा रहेका पत्रकारका नेताहरु अधिकाँस मिडियाका मालीक हुन । र राजनैतिक दलका आसेपासे पनि हुन ,कुनै मन्त्रीका झोले पनि हुन । उनिहरु सम्पन्न भईसकेका हुन्छन । सम्पन्न बनाउने पनि नेताहरु नै हुन किनकी कालो कर्तुत खोज्छन अनि नेताबाट हड्डी माग्छन सोही हड्डीले उनिहरुको जिन्दगी चलेको हुन्छ । 

जो तिनै नेताका झोले बनेका मिडिया मालीकको मिडिया हाउसमा काम गर्छन उनिहरु चौबिस घण्टा काम गर्दा पनि चिया खाने पैसा पाउदैनन । उपचार गर्ने पैसा उनिहरु सँग हुदै गाडीमा पेट्रोल हाल्ने पैसा उनिहरु सँग हुदैन तर काम भने गरिरहेका हुन्छन 

हरेक पिडा सहेर भएपनि उनीहरु काम गरिरहेका हुन्छ । तिनै श्रमजिवि पत्रकारको रगत पसिना माथी राज गर्ने मिडिया मालीकहरु पत्रकारका नेता बनेपछि कहाँ बाट श्रमजिवि पत्रकारले न्याय पाउछ ? खल्तीमा १ हजार पैसा नहुदा अस्पतालले मारेर पठाईदिएका एलबि बिश्वकर्मा अछाम जिल्लामा रहेका स्थानिय रेडियो बाट काम सुरु गर्दै कैलाली हुदै राजधानी काठमाण्डौ सम्म पुगे ।

राजधानी काठमाण्डौमा राष्ट्रिय मिडिया भन्दै प्रचारमा रहेका केहि मिडियामा उनले काम गरे । उनले कुसस्कार,कुरिती,अन्याय,अत्याचार बिरुद्ध बुलन्द आवाज उठाउन  कुनै कसर बाकी राखेनन् । 

तर उनी काठमाण्डौमा रहेका राष्ट्रिय मिडियामा धेरैमा १ बर्ष कुनै पनि मिडिया टिकेनन् । जसको प्रमुख कारण हो मिडिया मालीकको श्रम सोषण । उनले काम गरेको पारिश्रमीक कहिलै समयमै पायनन् ।

यो समस्या एलबिले काम गरेका मिडियाको मात्र होईन अन्य मिडिया मालीकहरुले पनि यस्तै गरेका छन । समय मै पारिश्रमीक नदिदा काठमाण्डौ जस्तो ठाँउमा टिक्न कति समस्या छ त्यो कुरा मिडिया मालीकहरुले कहिले बुझने ? पत्रकार महासँघले पत्रकारको हकहितको लागी भन्दै नियम बनायका छन । 

पत्रकारको न्युनतम पारिश्रमीक तोकीयको छ तर कुनै पनिन मिडिया मालीकले सो पारिश्रमीक दिएका छैनन् । नियम बनाउनेहरु नै मिडियाका मालीक छन नियम उल्लंघन गर्ने पनि तिनिहरु नै छन अब श्रमजिवि लाई कस्ले न्याय दिने ? पछिल्लो समय नेपालमा थुप्रै मिडियाहरु बिकास भएका छन ।

मिडिया मालीकहरुले लाँखौ कमाईरहेका छन । सोही मिडियामा काम गर्ने कर्मचारीहरुको बैंक खाता चेक गर्नुस त पत्रकार महासँघका महोदय उनको खातामा मिडिया मालीकले कहिले कति पैसा जम्मा गरेका छन मिडिया मालीकले र उनको खातामा कति पैसा जम्मा छ ।

मिडियामा काम गर्ने हरेक मिडियाकर्मी कम्तीमाम पनि १८ घण्टा काम गर्छन तर उनिहहरुको पारिश्रमीक कति हुन्छ एक पटक अनुगमन गर्ने प्रयास गर्नु भएको छ पत्रकारका नेता ज्यु ? तपाई अनुगमन नै किन गर्नु हुन्छ ? तपाईले पनि त मिडिया चलाउनु भएको छ ? र तपाईले पनि त कर्मचारी राख्नु भएको छ ? यदि अरु मिडिमा बारे बोलेमा तपाईले पनि त श्रमसोषण गर्न पाउनु हुन्न नि हैन ?

अब बोल्ने को ? मिडियामा काम गर्ने कर्मचारी बोेल्नु पर्छ भोली जागिर चैट हुन्छ । हुनत तलब नै नदिने जारिर लाई के जागिर भन्नु । पत्रकार महाँसंघ पदाधिकारी लाई  आफना पेसाकर्मीको हालत बुझनु छैन , छ त केवल नेताले के गरे कसरी दुई पैसा झर्ने हो तेता तिर सबैको ध्यान जान्छ । 

उपचार नपायरै मृत्यु नियालेका एलबि बिश्वकर्मा त सदा सदाको लागी बिदा भए तर उनी माथी अहिले गोहीका आसु चुहाउदै न्याय अपिल गर्दै बिज्ञप्ती निकालियका छन । हेलो नेता ज्यु अहिले सम्म निकालेका बिज्ञप्तीले केही परिवर्तन भयो कि ? कहिले बुझनु भएको छ ,छैन र बुझुन पनि किन न्यो त हात्तीको देखाउने दाँत मात्र हो । 

बिज्ञप्ती निकालियो सकियो अरु के गर्न सक्छन र ? एलबि जस्ता नेपालमा थुप्रै पत्रकार छन जो समस्या पर्दा १ हजार तिर्न सक्ने अवस्थामा छैनन् , उनिहरु राष्ट्रिय मिडियामा काम गर्छु भन्दै चित्त बुझाउछन उनिहरुको श्रम बेचेर महल बनाउनेहरु भने चिल्लो कारमा रमाउछन । 

जस्को कारण चिल्लो कार चढ्न थालेका छौ मोहदय तिनिहरु को पिडा कहिलै बुझनु भएको छ की ? श्रमजिवि पत्रकारका समस्या समाधान कस्ले गर्ने ? श्रमजिविले बनायका नेता आफै श्रमसोषक छन अनि कस्ले बोल्छ ? कस्ले लेख्छ , श्रमजिबिका पिडा । 

तर्सथ श्रमजिविहरुले सबै मिडिया छोडेर बुलन्द आवाज उठाई अन्याय र अत्यचार बिरुद्ध आवाज उठाउन जरुरी छ । अरुको पिडा ,समस्या लेख्ने पत्रकारका समस्या कस्ले लेख्ने ? श्रमजिविका समस्या बारे बोल्न नसक्ने पत्रकारका नेताहरु केही परेमा सरकारको खेदो खन्न भने सक्छन् । उनिहरु सरकार सँग बार्ता गरेर समस्या समाधान तिर होईन सरकार लाई दोष दिए आफु ओभानो बन्न खोजिरहेका हुन्छन ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु