काठमाण्डाै - काठमाण्डौ उपत्यकामा आजदेखि सार्वजनिक गाडीमा जोर-बिजोर नियम हटेको छ ।
गएको माघ ७ गतेदेखि काठमाण्डौ उपत्यकाभित्र चल्ने सार्वजनिक गाडीमा जोर-बिजोर प्रणाली लागू गरिएको थियो । हिजो काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले ट्याक्सी र निजी गाडीमा जोर-बिजोर यथावत् राख्दै सार्वजनिक गाडीमा हटाउने निर्णय गरेको हो ।
गएराति १२ बजेदेखि लागू हुनेगरी नयाँ निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिनुभयो । यसअघि हिजो बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सार्वजनिक गाडीमा जोर-बिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको थियो ।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको निर्णय गर्ने अधिकार यसअघि नै प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।
प्रतिकृया दिनुहोस