दार्चुला । दार्चुलामा जलेको अवस्थामा महिलाको शव फेला परेको छ । शैल्यशिखर नगरपालिका– १ बारिलकी ४५ वर्षीया अनिभा खडायतको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
घर नजिकैको खरको लुटो (कुन्यू)मा जलेको अवस्थामा ती महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । घटनामा संग्लन रहेको आंशकामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई नियन्त्रणमा लिएको छ । दुई जनालाई सोधपुछको लागि नियन्त्रणमा लिइएको दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले बताए । घटनाको अनुसन्धानका लागि दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रतीक विष्ट नेतृत्वको टोली घटनास्थल प्रस्थान गरेको छ ।
प्रतिकृया दिनुहोस