बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (आइतबार) प्रदेशसभामा विश्वासको मत लिँदैछिन् । सत्तारुढ दल एमाले विभाजनसँगै अल्पमतमा परेपछि शाक्य नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।
बागमती प्रदेशसभामा एमालेका १३ जना प्रदेशसभा सदस्यले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेपछि शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । आइतबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा शाक्ले विश्वासको मत लिन लागेकी हुन् ।
प्रतिकृया दिनुहोस