काठमाडौँ, जेठ २ गते । प्रतिनिधिसभाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ९ गते पारित गर्ने जनाएको छ । मङ्गलबार सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम ल्याएको थियो ।
प्रतिनिधिसभाले तय गरेको सम्भावित कार्यसूची अनुसार जेठ ३ गतेबाट सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुने जनाएको छ । जेठ ४ गते, ६ गते, ७ गते र ८ गते नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।
यसैगरी, ९ गते पनि छलफल गरेर निर्णयार्थ प्रस्तुत गर्ने गरी संसदीय क्यालेन्डर तय भएको छ । सो दिन शून्य सयम, विशेष समय, प्रधानमन्त्रीबाट वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ, प्राप्त संशोधनहरु र वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
यसैगरी, जेठ १३ गते शून्य समय, विशेष समय, आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण पेश, बैंक तथा वित्ती संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस्, रा.स.मा उत्पत्ति भएको विधायनसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसदीय क्यालेन्डरमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस