नवनियुक्त गृहमन्त्री सुदन गुरूङले गृह मन्त्रालयमा पदभार ग्रहण गरेपछि सेवा प्रवाह सहज बनाउन र भ्रष्टाचारमाथि कडा कदम चाल्ने निर्देशन दिएका छन्।
कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले भने, “भ्रष्टाचारप्रति कुनै सहनशीलता छैन। यदि कसैले घुस माग्यो भने त्यसलाई त्यत्तिकै छाडिँदैन।” उनले एकद्वार प्रणालीमार्फत सेवा छिटो उपलब्ध गराउने व्यवस्था मिलाउन पनि जोड दिएका छन्।
गृहमन्त्री गुरुङले कर्मचारीलाई कम बोल्ने, नतिजा देखाउने शैली अपनाउन र सेवाग्राहीलाई सहज सेवा दिनेमा केन्द्रित रहन आग्रह गरे। उनले थपे, “१, २, ३ वा क, ख, ग कोठा घुम्नुपर्ने अवस्था समाप्त हुनुपर्छ, र सेवाग्राहीसँग कर्मचारी ठोकिनु नपरोस्। यसैबाट सुशासन सुनिश्चित हुन्छ।”
उनले वर्तमान परिवर्तन जेनजी युवाको बलिदान बिना सम्भव नभएको स्मरण गराउँदै, सहिदहरूको सम्मानमा एक मिनेट मौन राख्न समेत निर्देशन दिए।
प्रतिकृया दिनुहोस