राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सिफारिसमा शुक्रबार (चैत १३) मन्त्रिपरिषद् गठन र कार्यविभाजन गरेका छन् । उनले नेपालको संविधानको धारा ६ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् गठन र कार्यविभाजन गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नवनियुक्त प्रधानमन्त्री बालेन र मन्त्रीहरूले शीतलनिवासमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएपछि शुक्रबारै सिंहदबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।
मन्त्रिपरिषद्को पहिलो वरीयतामा प्रधानमन्त्री बालेन छन् । उनले रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफैँसँग राखेका छन् ।
दोस्रो वरीयतामा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले छन् । तेस्रो वरीयतामा गृहमन्त्री सुधन गुरुङ छन् । १५औँ अर्थात् अन्तिम वरीयतामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादी छिन् ।
प्रतिकृया दिनुहोस