काठमाडौँ : रसुवाको लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। हेलिकोप्टरका म्यानेजिङ डाइरेक्टर रोनान लामिछानेले पाइलटसहित ५ जना सवार हेलिकोप्टर सम्पर्कविहीन भएको बताए।
‘अरू केही विवरण आएको छैन। हेलिकोप्टरमा पाइलटसहित ५ जना सवार हुनुहुन्थ्यो,’ उनले भने, ‘टेलिफोन सम्पर्कसमेत नहुने क्षेत्र भएकाले अरु विवरण प्राप्त हुन सकेको छैन।’
नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार दिउँसो साढे १ बजेदेखि हेलिकोप्टर सम्पर्कविहीन भएको हो।
उता रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले भने घटनाबारे बुझ्ने काम भइरहेको बताए। ‘माथिल्लो क्षेत्रमा रहेका नेपाली सेना र प्रहरीसँग घटनाबारे बुझ्ने काम भइरहेको छ। अरू केही सूचना प्राप्त भएको छैन,’ उनले भने।
प्रतिकृया दिनुहोस