पूर्व सई धामीले गरे बहालवाला तिन जना सई माथि कुटपिटको मुद्दा दर्ता

पवन भण्डारी   शुक्रबार ०४, जेठ २०८१ ०१:४३

धनगढी,४ जेठ । नेपाल प्रहरीका ३ जना कर्मचारी विरुद्ध कैलाली जिल्ला अदालत कैलालीमा कुटपिटको मुद्दा  दर्ता गरिएको छ । प्रहरीका वरिष्ठ सई रमेश खड्का र सईद्वय अनिल विष्ट र दीपेन्द्र किमाडी विरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा दर्ता भएको हो । 

नेपाल प्रहरीमा कार्यरत पूर्व सई मदन धामीले तिन जना प्रहरी कर्मचारीका नाममा मुद्दा दर्ता गरेको छिनाफानो डटकमलाई बताए । उनले भने“ त्रिनगरस्थित प्रहरी चौकीमै लगेर सुरुमा खड्काले आफू माथि कुटपिट गरेको र पछि अन्य दुई जना, विष्ट र किमाडीले गत वर्षको पुस ५ गते बिहान ८ बजे पालै पालो आफूलाई कुटपिट गरेको उनले बताए ।  

धामीले आफूलाई  बिहान ८ बजेको समयमा घर मै रहेको र सो बेला घर बाट बोलाई  चौकीमा लगेर कुटेको धामीले दाबी गरेका छन । धामीले आफू सँग डाक्टरी रिपोट र कुट पिट भएको फोटाहरू समेत आफूले अदालतमा पेस गरेको बताए । तर प्रहरीका वरिष्ठ सई रमेश खड्काले भने नकुटेको बताउँदै आएको छ ।

आफू मुद्दा बारे जानकारी नभएको बताउँदै उनले भने हामीहरू बाट कुटपिट भएको छैन मुद्दा कसरी हाल्नु भयो थाहा छैन उनले भने । 

धामीलाई पुस ५ कै दिन थुनामा पनि राखिएको उनलाई तत्कालीन समयमा २४ दिन थुनामा राखिएको हो । कैलालीमा धामीले असुली, तस्करी, धम्की दिने र आपराधिक गतिविधि गर्ने गरेको भन्दै उनलाई थुनिएको थियो । तर, पछि धामी धरौटीमा छुटेका थिए ।

उनीमाथि ठगीमा मुद्दा चलाएर हिरासतमा राखेर अनुसन्धान भएकोमा ५० हजार धरौटीमा जिल्ला अदालत कैलालीले छोडेको थियो । तर धामीले भने आफूलाई फसाइको आरोप लगाउँदै आएका छन । उनले तत्कालीन समयमा त्रिनगर चौकीका इन्चार्ज रहेका खड्का र तत्कालीन समयमा सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह आरआइटीमा कार्यरत विष्ट र किमाडीले फसाउने देखि कुटपिटसम्मका क्रियाकलाप गरेको धामीले बताए ।

आफूले चैत्र १४ गते अदालतबाट सफाई पाएको र फैसलाको पुर्णपाठ आईसके पछि  आफूले अदालतमा मुद्दा दर्ता गरेको उनले बताए ।

हाल धनगढी स्थित गणमा दरबन्दी रहेका कि माडी धनगढी बसपार्कको इन्चार्ज छन, बिष्टको बाजुरा दरबन्दी भएकोमा उनी काजमा धनगढीस्थित एक मन्त्रालयमा कार्यरत छन । भने खड्का प्रहरी हेडक्वार्टर नक्सालमा कार्यरत छन ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु