काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । अहिले उनीहरूबीच भेटवार्ता जारी छ । नेकपा एमाले र नेपाली कांग्रेसले नयाँ सत्ता समीकरण बनाएपछि प्रचण्ड राष्ट्रपतिलाई भेट्न गएका हुन् ।
प्रधानमन्त्रीले पछिल्लो राजनीतिक अवस्थाबारे राष्ट्रपतिसँग छलफल गरेका छन् । त्यसअघि माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने र संसदको सामना गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्रीले यसबारे राष्ट्रपतिलाई जानकारी गराएको बताइएको छ । प्रचण्डले मंगलबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गएराति नयाँ सत्ता समीकरण बनाउने प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
प्रतिकृया दिनुहोस