काठमाण्डौ – नेकपा एमाले र नेपाली कांग्रेसले मन्त्रीहरुको नाम टुंगो लगाएका छन् । एमालेबाट विष्णु पौडेल उपप्रधान तथा अर्थ मन्त्री, पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्दै हुनुहुन्छ । राजकुमार गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासन र मानवीर राईले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुहुने एमालेले जनाएको छ ।
यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बलराम अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दामोदर भण्डारीलाई दोहोर्याउने एमालेको तयारी छ । यसअघि उनीहरू पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा पनि यही जिम्मेवारीमा थिए । त्यस्तै शिक्षामन्त्रीमा विद्या भट्टराई र राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिने एमालेको तयारी छ ।
कांग्रेसले पनि सरकारमा पठाउने केही मन्त्रीहरूको नाम टुंगो लगाएको छ । सरकारमा प्रकाशमान सिंहलाई उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मा दिइने भएको छ । यस्तै रमेश लेखक गृह र आरजु राणा परराष्ट्रमन्त्री बन्ने हुनुभएको छ ।
दीपक खड्का ऊर्जा, अजय चौरसिया कानुन, ऐनबहादुर शाही वन तथा तेजुलाल चौधरीलाई युवा तथा खेलकुद मन्त्रालय दिने तयारी छ । कांग्रेसमा शेखर कोइराला समूहले स्वास्थ्य, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र कृषि मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे टुंगो लगाउन सकेको छैन ।
प्रतिकृया दिनुहोस