बैतडी । बैतडीमा बिहीबार बेलुका मिनिट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परेर दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा कञ्चनपुरकमे शुक्लाफाँटा नगरपालिका ५ झलारी घर भएका मिनिट्रक साहु समेत रहेका जगदीश अवस्थी रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो।धनगढीबाट बैतडीको दोगडाकेदार गाउँपालिका कफलकोट गइरहेको सु प प्र ०२ ००१ ख ०७३४ नम्बरको मिनि ट्रक कफलकोट नजिकै बिहीबार बेलुका ७ बजे दुर्घटनामा परेको हो।
दुर्घटनामा परेर साहु जगदीशको घटनास्थलमै मृत्युु भएको हो।यस्तै ट्रक चालक अम्मर अवस्थी र सहचालक राजेन्द्र राना दुर्घटनामा परेर घाइते भएका छन्। घाइते दुबैजनाको जिल्ला अस्पतालमा उपचारका लागि लगिएको छ। सरिया र सिमेन्ट बोकेको मिनिट्रक अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त मिनिट्रक सढकबाट ६० मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रतिकृया दिनुहोस