धनगढी । मङ्गलसैन नगरपालिकाका नगरप्रमुख पदम बहादुर बोहोराले वडा दशै तथा शुभदिपावलीमा खानपान मा ध्यान दिन आग्रह गरेका छन ।
मङ्गलसैन नगरपालिका वडा नम्बर ६ को आयोजनामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम बोल्दै नगरप्रमुख बोहोराले प्राय दसै तिहारमा तडक भडक बढी हुने र यस्तो गर्दा अप्रीय घटना घट्न सक्ने भएकाले यस्तो नगर्न आग्रह गरेका छन ।
सम्पुर्ण नगरबासी तथा देशबासीलाई शुभकामना दिदै प्रमुख बोहोराले कुनै पनि चाडपर्व मनाउदा आफू र आफ्नो स-परिवारलाई खुसी राख्दै मनाउन आग्रह गरे ।
चाडपर्वमा प्राय जुवातास खेल्ने ,जाड रक्सी खाने र तडक भडक गर्ने कार्य अझै पनि रहेकोले यस्ले समाजमा मा बिकृती फैलन सक्ने हुदा यस्तो नगर्न आग्रह गरे ।
घर परिवारमा शान्ती र सद्भाव प्रदान गर्न सके मात्र चाडपर्व राम्रो हुन सक्ने बताउदै उनले भने चाडपर्व भन्दा पहिले आफ्नो परिवारमा सुख र शान्ती राख्नु पर्ने बताए ।
मंगलसैन नगरपालिका ६ का अध्यक्ष देबेन्द्र प्रसाद भण्डारीले शुभकामना सन्देश दिदै सम्पुर्णलाई सुखशान्तीको कामना गरे । उनले दसैं तिहारमा आफ्नो स्वास्थ्यको ख्याल राखेर मनाउन आग्रह गरेका छन । उनले चाडपर्वमा तडक भडक नगर्न र स्वास्थ्यको समेत ख्याल गरेर मनाउन आग्रह गरे ।
कार्यक्रममा सम्पुर्ण वडा सदस्य,राजनैतिक दलका प्रतिनिधि ,स्वास्थ्यकर्मी लगायत मङ्गलसैन नगरपालिका ६ का स्थानियहरुको सहभागिता रहेको थियो । वडा सदस्य जन्मराज भण्डारीको स्वागत मन्तव्यमा सुरुभएको कार्यक्रमको संचालन सचिब कृष्ण प्रसाद जैशीले गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस