धनगढी । धनगढीबाट भारतका विभिन्न शहरको लागि टिकट काटेका यात्रुहरु भारतको पलियामा अलपत्र परेका छन । धनगढी बसपार्कमा रहेको नेस्नल होटलमा रहेको टेडि टुर एण्ड ट्राभल्स प्रा.लिबाट टिकट लिएका यात्रु बुधबार बेलुका देखि पलियामा अलपत्र परेका हुन ।
धनगढीबाट बस जाने भनेर पलिया पुगेका यात्रुहरुलाई आज बिहान सम्म पनि समितिका संचालक ले गन्तव्य सम्म न पठाएको नेपाल बाट पुनाको लागि टिकट काटेका यात्रु राजेन्द्र साउदले बताए । बुधबार बेलुका देखि आफू लगायत करिब ४० जना बढी यात्रुहरु पलियामा अलपत्र अवस्थामा रहेको उनले बताए ।
आफू सङ्ग रहेको पैसा जति सबै पलियामै खर्च भैइसकेको र गन्तव्य सम्म पुग्ने समेत कुनै पैसा नभएको उनले गुनासो गरे । भर्खरै मात्र संचालनमा आएको टेडि टुर एण्ड ट्राभल्स प्रा.लिले आफ्नो सुरुवाती चरणमै यात्रुहरुलाई फसाउन थालेको भन्दै यात्रुहरू आक्रोशित बनेका छन ।
ट्राभल्सले भारतको बेङ्गलोर लगायत यात्रामा निस्केका यात्रुलाई बिहिबार साझ सम्म समेत गन्तब्य नपठाएको यात्रुका आफन्त पुष्प राज जोशीले छिनोफानो डटकम लाई बताए ।यता टेडि टुर एण्ड ट्राभल्स प्रा.लिका संचालकलाई फोन सम्पर्क गर्दा कसैको फोन उठेन ।
प्रतिकृया दिनुहोस