धनगढी, २६ मंसिर/यही मंसिर २८ गते हुने पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको निर्वाचनका लागि दुई प्यानल प्रतिष्पर्धामा उत्रिएका छन् ।
नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट अध्यक्षमा भरतबहादुर शाहलाई अगाडि सारिएको छ भने क्रियाशील पत्रकारको साझा प्यानलबाट मीनबहादुर बमलाई अगाडि सारिएको छ ।
शाहको प्यानलबाट उपाध्यक्षमा मानबहादुर साउँद, महासचिवमा शिवराज भट्ट, उपाध्यक्ष (महिला) मा हेमन्ती डगौरा चौधरी, कोषाध्यक्षमा बरुण पनेरु, सचिव (खुला) मा धनराज साउँद र सचिव (समावेशी) मा इन्द्रा कुमारी के.सी. (इन्दु) चुनावी प्रतिष्पर्धामा रहेका छन् ।
Advertisement
बमको प्यानलबाट उपाध्यक्षमा राम धामी, उपाध्यक्ष (महिला) मा कालीमैया चौधरी (उन्नती), महासचिवमा हरिप्रसाद जोशी, कोषाध्यक्षमा हर्कबहादुर बिक (हरिष), सचिव (खुल्ला) मा भुवनेश्वरप्रसाद बोहरा ( भुवन) र सचिव (समावेशी) मा मुकेश टेर्रा चुनावी प्रतिष्पर्धामा छन् ।
शाह प्यानलबाट सदस्य (खुल्ला) मा कृतबहादुर बिष्ट, अर्जुनबहादुर सिंह, केशव दत्त भट्ट, रमेशकुमार के.सी. तथा दिनेश बहादुर कठायत रहेका छन् । बमको प्यानलबाट सदस्य पदको उम्मेदवारमा केशवदत्त भट्ट, पदमबहादुर बोहरा, बासुदेव भट्ट (सितल) र सुभाष कठायत रहेका छन् ।
२१ सदस्यीय प्रदेश कार्य समितिमा महिला सदस्य, दलित सदस्य, जनजाति सदस्य र अपाङ्गता तथा अल्पसंख्यक सदस्यमा भने ८ जना निर्विरोध भइसकेका छन् ।
महिला सदस्यमा दुर्गा देवकोटा, भुवनेश्वरीकुमारी शाही र सन्तोषी रावल निर्वाचित भएका हुन् । सदस्य दलितमा प्रदीप मलासी, आदिवासी जनजातिमा भिमबहादुर चौधरी र छविलाल चौधरी निर्विरोध हुँदा सदस्य मधेसीमा सागर कुस्मी र अल्पसङ्ख्यक अपाङ्गतामा नहकुल जिसी निर्विरोध भएका छन् । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट केन्द्रीय सदस्यमा नेपाल प्रेस युनियनका योगन्द्रबहादुर बलायर र प्रेस चौतारी नेपालबाट सुरेश पन्त चुनावी प्रतिष्पर्धामा रहेका छने भने क्रियाशील पत्रकारको साझा प्यानलबाट केन्द्रीय सदस्यमा रामसिंह ठगुन्ना र दिलबहादुर सिंह रहेका छन् ।
#बडिकेदार बाट साभार
प्रतिकृया दिनुहोस