धनगढी । कैलालीमा लागुऔषध मुद्दामा पक्राउ परेका थुनुवालाई छुटाइदिने भन्दै रकम असुली गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । लागुऔषध मुद्दामा पक्राउ परेका धनगढी उपमहानगरपालिका–१ का एक जना थुनुवालाई थुनामुक्त गरिदिने भन्दै उनको परिवारबाट रकम असुलेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–७ बस्ने २९ वर्षीय रुपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउद रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनायको छ । उनीहरुले थुनामुक्त गरिदिने भन्दै लिएको साढे ३९ हजार भारतीय रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनायको छ । त्यो बाहेकको थप रकम थुनुवालाई छुटाएपछि लिने भनी मोलमोलाई गरिएको थियो ।
उनीहरुले थुनुवाका परिवारलाई विश्वासमा पार्न उद्देश्यले किर्ते कागजपत्र बनाएर नेपाली कागजमा अदालतको आदेश समेत लेखेर देखाएका थिए ।
प्रतिकृया दिनुहोस