विदेश पठाइदिने भन्दै लाखौँ ठगेर कैलालीको टिकापुरका खनाल दुई बर्ष देखि फरार

छिनोफानो   आइतबार ०७, पुष २०८१ १२:२२

पवन भण्डारी,धनगढी । विदेश पठाई दिन्छु भन्दै पैसा लगेर कैलालीको टिकापुरका एक जना फरार भएका छन । टिकापुर घर भएका हेमराज खनालले रोमानीया पठाई दिन्छु भन्दै अछाम मंगलसैन ६ का दुई जनाबाट पैसा लिएर दुई बर्ष देखि फरार भएका हुन । 

रोमानीयाको एक कम्पनीमा जागिर लगाई दिने भन्दै मंगलसैन ६ का मनोज भण्डारी र कमल प्रसाद भण्डारीबाट उनले करिब २ लाख लिएर फरार भएका हुन । विगत लामो समय देखि खनाल फरार रहेको र आफूहरूको सम्पर्कमा समेत नरहेको पीडित मनोज भण्डारीले बताए । 

मैले विदेश जानकै लागी करिब ३ लाख बढी खर्च गरिसके । खनालले कहिले भिसा आयो काठमाडौँ आउनु भनेर बोलायो कहिले भिसा क्यान्सील भयो फेरी प्रोसेस गर्दै छु भनेर फिर्ता पठायो उनले भने भने । आफूसँगै करिब ५ जना मानिसहरूले खनाल लाई पैसा दिएको भए पनि खनालले केही मानिसहरूको पैसा फिर्ता गरेको बताए । 

तर आफूले दुई बर्ष देखि खनाललाई सम्पर्क गर्न खोज्दा कहीँ कतै सम्पर्क नभएको उनले बताए । आफूले गाउँघर बाट रिन कर्ज गरेर खनाललाई बुझाएको र अहिले उक्त पैसाको ब्याज तिर्नै नसकेर आफू तनावमा रहेको भण्डारीले बताए । त्यस्तै पीडित कमल प्रसाद भण्डारीले छिनोफानो डटकम सँग भने “खनालले आफ्नो साथीको म्यानपावर छ मैले तपाईँहरूलाई रोमानिया पठाई दिन्छु भन्दै ढुक्क बनायो तर अहिले हाम्रा पैसा खाएर फरार छ ।”

आफूले नेपालबाट उसको खातामा ५० हजार जम्मा गरेको र भारतबाट समेत आईएमई गरेर पैसा पठाएको भण्डारीले बताए । विगत लामो समय भयो खनाल हाम्रो सम्पर्कमा छैनन् परिवारका सदस्यलाई सोध्दा समेत उसको बारे कुनै जानकारी नै नरहेको बताउने गरेको उनले बताए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु