काठमाण्डौ – सुनचाँदीको भाउमा आज नयाँ रेकर्ड बनेको छ । सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँ बढेर तोलाको दुई लाख १५ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुनको भाउ तालाको दुई लाख १४ हजार सात सय रुपैयाँ थियो ।
यस्तै चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ एकैदिन ५० रुपैयाँ बढेर तोलाको दुई हजार पाँच सय ६५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको दुई हजार पाँच सय १५ रुपैयाँ थियो ।
प्रतिकृया दिनुहोस