काठमाण्डौ – सुनको भाउमा आज फेरि अर्को कीर्तिमान कायम भएको छ । आज सुनको भाउ तोलाको दुई लाख ३५ हजार रुपैयाँ नाघेको छ । हिजोको भाउमा तोलाको दुई हजार तीन सय रुपैयाँले बढेर आज सुनको भाउ तोलाको दुई लाख ३५ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ दुई लाख ३३ हजार एक सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने यथावत नै रहेको छ । चाँदीको भाउ आज दुई हजार नौ सय ६० रुपैयाँ रहेको छ । हिजो पनि त्यही भाउमा कारोबार भएको महासङ्घले जनाएको छ ।
प्रतिकृया दिनुहोस