सुदूरपश्चिमका केही स्थानमा वर्षा,आज पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना

छिनोफानो   बुधबार २२, असोज २०८२ ११:१४

काठमाडौँ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका केही स्थानमा गएराति हल्का वर्षा भएको छ।प्रदेशका पहाडी क्षेत्रहरूमा बिहानैदेखि आंशिक बदली रहँदै आएको छ। 

महाशाखाले आज दिउँसो सुदूरपश्चिमका पहाडी भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ।

तराईका अधिकांश भागमा भने आंशिक बदली रहने र मौसम सामान्यतया स्थिर रहने अनुमान गरिएको छ।

यससँगै महाशाखाले देशभर मनसुन क्रमशःकमजोर हुँदै गएको र आजदेखि मनसुन बाहिरिने प्रक्रिया सुरु भएको समेत जनाएको छ।

मनसुन अन्त्यसँगै अबको केही दिनभित्र अधिकांश स्थानमा आकाश सफा र मौसम स्थिर रहने पूर्वानुमान गरिएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु