न्यूजिल्यान्डलाई हराउँदै भारत महिला विश्वकपको सेमिफाइनलमा

छिनोफानो   शुक्रबार ०८, कार्तिक २०८२ ११:१८

काठमाण्डौ – भारत आईसीसी एकदिवसीय महिला क्रिकेट विश्वकपको सेमिफाइनलमा पुगेको छ । हिजो भएको खेलमा भारतले न्यूजिल्यान्डलाई ५३ रनले हरायो ।

अस्ट्रेलिया, इंग्ल्यान्ड र दक्षिण अफ्रिकापछि आयोजक भारत सेमिफाइनलमा पुग्ने अन्तिम टोली हो । मुम्बईको केडीवाई पाटिल मैदानमा पहिला ब्याटिङ गरेको भारतले ४९ ओभरमा तीन विकेट गुमाउँदै तीन सय ४० रन बनाएको थियो । वर्षाका कारण खेल ४९ ओभरको बनाइएको थियो । तर फेरि पानी परेपछि खेल ४४ ओभरमा झारेपछि न्यूजिल्यान्डले तीन सय २५ रनको लक्ष्य पाएको थियो ।

न्यूजिल्यान्डले ४४ ओभरमा आठ विकेट गुमाउँदै दुई सय ७१ रन मात्र बनाउन सक्यो । न्यूजिल्याण्डसहित श्रीलंका, बंगलादेश र पाकिस्तान बाहिरिएका छन् । भारत र श्रीलंकाले संयुक्तरुपमा एकदिवसीय महिला विश्वकप आयोजना गरेका हुन् । सेमिफाइनलका खेल आउँदो १२ र १३ गते तथा फाइनल खेल १६ गते हुनेछ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु