धनगढी । कञ्चनपुरमा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।
फैसलाको कार्यान्वयनको क्रममा जिल्ला अदालत कञ्चनपुरको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा १ महिना कैद र साढे १२ हजार जरिवाना सजाय तोकिएका भिमदत्त नगरपालिका–१८ पुष्पलाल चोक निवासी ४९ वर्षीय सुन्दर सिंह रावललाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई घर ठेगानाबाट रावललाई पक्राउ गरेको हो।
प्रतिकृया दिनुहोस