काठमाण्डौं– हिजो उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ०७ अङ्कले घटेर २ हजार ७ सय ६९ दशमलव ०९ विन्दुमा झरेको छ ।
आज होटल, जलविद्युत्, उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज १ सय ६५ वटा कम्पनीको शेयर घटेकोमा ८८ वटाको बढेको छ । यस्तै ७ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज नेपाल हाइड्रो पावर कम्पनीको शेयर सबैभन्दा धेरै ३ दशमलव १२ प्रतिशतले घटेको छ । बजार सामान्य घटेको दिन एसवाई प्यानल नेपाल, हिम स्टार ऊर्जा, सान्भी इनर्जी, सप्तकोशी विकास बैंक, माउन्टेन हाइड्रो नेपाल कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो १३ अर्ब ७८ करोडको कारोबार भएकोमा आज ३ सय ३२ वटा कम्पनीका ३ करोड ६२ लाख कित्ता शेयर १६ अर्ब ३५ करोड रुपैयाँमा किनबेच भएको छ ।
यो कारोबार रकम ६ महिनायताकै उच्च हो । यसअघि गएको साउन १४ गते १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।
प्रतिकृया दिनुहोस