कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) कैलाली निर्वाचन क्षेत्र नम्बर २ को घण्टी घरमा प्रवेश नगरी हिँडेका छन् ।
कार्यक्रमअनुसार उनी यहाँ रोकिने तालिका थियो । तर क्षेत्र नम्बर २ को लम्कीमा रोकिए पनि बौनियामा उनी रोकिएनन् ।
यो क्षेत्रबाट बालेननिकट मानिने केपी खनाल उम्मेदवार छन् । आफ्नै क्षेत्रमा बालेन नबसेपछि केपी खनालले समन्वयको अभाव भएको बताए । उनले लम्कीमा बालेन रोकिएको भए पनि बौनियामा समन्वय अभावका कारण रोक्न नसकिएको बताए ।
बालेन नरोकिएपछि उनलाई भेट्न आएका कार्यकर्ता यतिकै फर्किएका छन् ।
प्रतिकृया दिनुहोस