गाई काट्न पाउनुपर्ने खगेन्द्र सुनारको अभिव्यक्तिबारे राप्रपा महामन्त्रीले मागे रास्वपाको धारणा

छिनोफानो   मङ्गलबार १४, माघ २०८२ ११:०१

काठमाडौं । राप्रपाका महामन्त्री शरदराज पाठकले रास्वपा उम्मेदवार खगेन्द्र सुनारले गाई काटेर खान पाउनुपर्ने भनी दिएको अभिव्यक्तिबारे सम्बन्धित पार्टीको धारणा माग गरेका छन् ।

बाँके ३ बाट रास्वपा उम्मेदवार बनेका अभियन्तासमेत रहेका सुनारले हालै सार्वजनिक माध्यमहरुबाट यदि खसी (मटन) खान पाइने हो भने गाई काटेर खान पनि पाउनुपर्ने बताएका थिए ।

महामन्त्री पाठकले सुनारको अभिव्यक्तिबारे रास्वपाले आफ्नो धारणा प्रष्ट पार्नुपर्ने भन्दै वक्तव्य जारी गरेका हुन् ।

पाठकले भनेका छन्-गाई काटेर खान पाउनुपर्ने भनी सांसदका उम्मेदवार, आफू आवद्ध एकजना अभियन्ताले दिएको आपत्तिजनक अभिव्यक्तिबारे राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल आफ्नो धारणा सार्वजनिक गर्नैपर्छ । चुनावको मुखमा विपक्षीले रणनीतिकरूपमा उठाउने अन्य मुद्दाजस्ता हैन यो । यस्तो अतिवादी अभिव्यक्तिबारे पार्टी कति संवेदनशील छ ? सनातन धर्म, संस्कृति, मान्यता, परम्पराबारे पार्टीको सम्झौता गर्न नसकिने अडान के हो रास्वपाले प्रष्ट्याउनुपर्छ ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु