काठमाडौँ : रास्वपाका वरिष्ठ नेता बालेनले दिएको अभिव्यक्तिविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगन थापाप्रति उनले दिएको अभिव्यक्तिलाई लिएर उजुरी परेको हो।
निर्वाचन आचारसंहिताविपरित अभिव्यक्ति दिएको भन्दै धर्मराज तिमिल्सिनाले उजुरी दिएका हुन्। ‘बालेन शाहले प्रयोग गरेका “७६ जना बच्चाको हत्यारा, आतङ्कवादी, देश जलाउने” जस्ता शब्दमाथि आपत्ति जनाउँदै उजुरी दिइएको जनाइएको छ।
उजुरीमा उक्त अभिव्यक्तिको तथ्यपरक छानबिन गरी आवश्यक कारबाही माग गरिएको छ।
यस्तै चुनावी प्रचारका क्रममा भारतीय नम्बरका गाडी प्रयोग गरिएको भन्दै त्यस विषयमा समेत उजुरी परेको जनाइएको छ।
प्रतिकृया दिनुहोस