काठमाण्डौ– काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–६, मूलपानी क्षेत्रमा लुटपाटमा संलग्न १० जना पक्राउ परेका छन् । गएराति पक्राउ गर्ने क्रममा प्रहरीको गोली लागेर एकजना घाईते भएका छन् । पक्राउ गर्ने क्रममा एकजनाले प्रहरीलाई नै मोटरसाईकलले ठक्कर दिएर भाग्ने क्रममा घुँडामुनि गोली हान्नु परेको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
त्यस क्षेत्रमा लामो समयदेखि विभिन्न व्यक्तिहरूले मानिसहरूलाई पछ्याएर गहना, नगद तथा अन्य मूल्यवान् सामग्री लुटपाट गर्ने गरेको गुनासो आएपछि प्रहरी त्यहाँ पुगेको हो ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर काठमाण्डौमा राखिएको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस