सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

छिनोफानो   शुक्रबार १७, माघ २०८२ १२:१९

काठमाण्डौ – हिजो तोलामा २० हजार ५ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको सुनको भाउ आज त्यति नै घटेर अस्ति बुधवारको भाउमा कारोबार भइरहेको छ ।

हिजो तोलाको ३ लाख ३९ हजार रुपैयाँ पुगेको सुनको भाउ आज घटेर ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति बुधवार पनि सुनको भाउ तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँ थियो ।

आज एकैदिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले घटेको हो । यस्तै चाँदीको भाउ पनि हिजोको तुलनामा घटेर तोलाको ७ हजार ६५ रुपैयाँमा कायम भएको छ । हिजो चाँदीको भाउ तोलाको सात हजार ५ सय ५ रुपैयाँ थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु