कञ्चनपुरमा लागूऔषधसहित १० जना पक्राउ

छिनोफानो   शुक्रबार १७, माघ २०८२ १२:२६

कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।

भिमदत्त नगरपालिका–१३ बडैपुरस्थित खर, प्लास्टिक र काठबाट बनेको खाली झुपडीमा छापा मार्दा सोही ठाउँ बस्ने २४ वर्षीय प्रदीप लुहारसहित १० जनालाई लागूऔषध सेवन तथा कारोबार गरिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

प्रहरीले झुपडी तथा उनीहरूको शरीर खानतलासी गर्दा ११ दशमलव ३७ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ, ५ वटा प्रतिबन्धित क्याप्सुल तथा लागूऔषध सेवनमा प्रयोग हुने अन्य सामग्री बरामद गरेको छ।

उक्त लागूऔषध र सामग्रीसहित १० जनालाई इलाका प्रहरी कार्यालय गड्डाचौकी र प्रहरी चौकी झोलुङ्गे, कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु