आजको मौसम सामान्य, भोलि एक/दुुई ठाउँमा पानी पर्न सक्ने

छिनोफानो   शनिबार ०५, फागुन २०८० ०९:१५

काठमाण्डाै - आज देशभर पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहे पनि पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनु भयो । देशका अरु ठाउँको मौसम सामान्यतया सफा रहने उहाँले बताउनु भयो ।

भोलि आइतवार भने पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एक/दुुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महशाखाले जनाएको छ ।

महाशाखाका अनुसार तत्काल देशभर ठूलो वर्षाको सम्भावना भने छैन । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु