सुदूरपश्चिमका २० पालिकालाई विपद् संकटग्रस्त घोषणा गर्ने निर्णय

छिनोफानो   बुधबार २२, मङि्सर २०७८ ०७:४८

धनगढी,२१ मंसिर । गृहमन्त्रालयले सुदूरपश्चिमका छ जिल्लाका २० स्थानीयतहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा एकले दिएको अधिकार प्रयोग गर्दै गृहमन्त्रालयले २०७८ साल माघ मसान्तसम्म लागू हुनेगरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । 

विपद् संकटग्रस्त क्षेत्र घोषणा हुन लागेका सुदूरपश्चिम प्रदेशको डडेलधुराका पाँच स्थानीय तह नवदुर्गा गाउँपालिका, अमरगढी गाउँपालिका, आलिताल गाउँपालिका, गन्यापधुरा गाउँपालिका र परशुराम गाउँपालिका रहेका छन् ।

बझाङका चार स्थानीय तह थलारा गाँउपालिका, वित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी गाउँपालिका रहेका छन् ।यस्तै डोटीका दीपायल सिलगढी नगरपालिका, केआईसींह गाउँपालिका, आदर्श गाउँपालिका, जोरायल गाउँपालिका र सायल गाउँपालिका गरी पाँच स्थानीय तह रहेका छन् ।

यस्तै बाजुराका हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिका, बैतडीका सिगास गाउँपालिका र शिवनाथ गाउँपालिका, दार्चुलाका दुहुँ गाउँपालिका र अपिहिमाल गाउँपालिका छन् ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु