गायिका रेखा जोशी मर्यादित महिनावारी सद्भावना दूत नियुक्त

छिनोफानो   सोमबार ०९, फागुन २०७८ १२:५०

धनगढी । लोक तथा देउडा गायिका रेखा जोशी सुदूरपश्चिम प्रदेशको लागि मर्यादित महिनावारी सद्भावना दूत नियुक्त भएकी छन् । प्रदेशको छाउपडी प्रथा हटाउन कला क्षेत्रमार्फत काम गरिरहेकी जोशी सद्भावना दूतको रुपमा नियुक्त भएकी हुन् ।

आफ्नो सुरिलो स्वरमार्फत दर्जनौं लोक तथा देउडा गित गाएर स्रोताको मन जित्न सफल गायिका जोशीलाई खानेपानी तथा सरससफाइको क्षेत्रमा काम गर्दै गाएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले सद्भावना दूतमा नियुक्त गरेको हो । यो परियोजना नेपाल सरकार र फिनल्याण्ड सरकारको संयुक्त लगानीमा सुदुरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी जिल्लामा काम गरिरहेको छ ।

मर्यादित महिनावारी दूतको रुपमा नियुक्त गायीका जोशीले सुदूरपश्चिम प्रदेशमा रहेको महिनावारी व्यवस्थापन सम्बन्धि कुसंस्कार र अन्धविश्वासकाविरुद्ध जनचेतना जागरण गर्न सांगीतिक अभियान सञ्चालन गर्ने र महिनावारिलाई मर्यादित बनाउन योगदान दिने परियोजनाले जानकारी दिएको छ ।

सबै तहका सरकार र बिभिन्न संघ संस्थाहरुले छाउपडी कुसंस्कार अन्त्यका लागि विभिन्न प्रयासहरु गर्दा पनि अपेक्षित उपलब्धि हासिल गर्न नसेकेको अवस्थामा आफूले यसका अन्धविश्वास हटाउन लागि पर्ने सदभावना दूत जोशीले बताइन् ।

जोशीले देउडा भाकाले सुदुरका मानिसहरुको मन छुने भएको हुदा आफूले देउडा गीतलाई सचेतना जागरणको माध्यम बनाउने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु