काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटामाथि लगाइएका लाल्छना पुष्टि गर्न सापकोटाको सचिवालयले चुनौती दिएको छ ।
एमालेले सभामुख सापकोटाको नाम जोडेर भ्रम सिर्जना गर्ने र अफवाह फैलाउन खोजेको भन्दै सचिवालयले आपत्तिसमेत जनाएको छ । सभामुख सापकोटाको सचिवालयले आज बुधवार प्रेस नोट निकालेर राजनीतिक पूर्वाग्रहबाट प्रेरित कुप्रचार नगर्न पनि आग्रह गरेको छ ।
सभामुखले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाइ गलत भाष्य निर्माण गर्न खोजिएकोतर्फ सचिवालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । ‘नेपालको संविधान, प्रतिनिधि सभा नियमावली र कानुनले ताकेको परिधिभित्र रहेर संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै आउनुभएका सभामुखविरुद्ध कपोलकल्पित एवम् भ्रमपूर्ण वियाको उठान र दुष्प्रचार खेदजनक छ । उहाँले बोलेको भनेर प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौँ’, विज्ञप्तिमा भनिएको छ ।
एमालेले एमसीसीलगायतका विषयमा स्पष्ट पार्न हिजो मङ्गलवार निकालेको वक्तव्यमा सभामुखमाथि विभिन्न लाल्छना लगाएको थियो । सभामुखले बोलेको भनेर प्रचार गरिएका विषयको पुष्टि गर्नसमेत सचिवालयले चुनौती दिएको छ ।

प्रतिकृया दिनुहोस