नेपाल तरुण दल कैलालीले सेती प्रादेशिक अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ । ४१र्औ विपि जयन्तीको अवसर पारेर धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार गराई रहेका करिब १०० जना विरामीहरुलाई फलफुल वितरण गरिएको हो ।
विपि जयन्तीको अवसरमा केन्द्रीय तालिका अनुसार विभिन्न कार्यक्रम अगाडी बढाइएको नेपाल तरुण दल कैलालीले जनाएको छ । दलका अनुसार विगतका बर्षमा वृक्षरोपण, रक्तदान कार्यक्रम समेत गरिएका छन् ।
फलफुल वितरण कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्य लोकबहादुर खडका, अमृत विसिलगायत तरुण दलका पदाधिकारी, नेपाली काँग्रेसका भातृ संगठनका विभिन्न संघ सस्थाका प्रतिनिधि, नेपाल विद्यार्थी संघलगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस