बिहीबार भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले सभामुखलाई भेटेर कारवाही प्रक्रिया अघि नबढाइदिन अनुरोध गरेका हुन् । कृषि राज्यमन्त्री समेत रहेकी गिरीलाई नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कारबाही गरेको जानकारी बुधबार सभामुख भण्डारीलाई गराएकी थिइन् ।
भेटमा देउवाले मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने बताउँदै बैठक सार्नुपर्ने अवस्थामा खबर गर्ने समेत सभामुखलाई आग्रह गरेका छन् ।‘उहाँलाई कारवाही गर्दा राम्रो सन्देश जादैन । अहिले त्यो कुरालाई थाती राखिदिन सभामुखज्यूलाई उहाँ देउवा ले आग्रह गर्नुभएको हो’, सभामुख निकट स्रोतले अनलाइनखबरसँग भन्यो ।
देउवा केहीबेर अघि सभामुख भण्डारीलाई भेटेर प्रदेश सभा सचिवालयबाट बाहिरिएका छन् । पार्टीको निर्देशन उल्लंघन गरेको भन्दै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई कारवाही गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस