कैलाली । कैलालीको टीकापुरबाट वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन । जिल्ला अदालत कैलालीको फैसलाले बन मुद्दामा ११ हजार ६८०जरिवाना ठहर भई फरार रहेका मुद्दाका फरार प्रतिवादी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका – १ का ३४ वर्षीय जनक बहादुर गाहा मगर रहेका छन् । शनिबार इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रतिकृया दिनुहोस