धनगढी । जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय र ५ हजार जरिवाना ठहर भएपछि फरार रहेका धनगढी उपमहानगरपालिका-१३ का २५ वर्षीय रोशन चौधरी पक्राउ परेका हुन्।
चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आईतवार धनगढी उपमहानगरपालिका ५ तारानगरबाट पक्राउ गरि कारागार कार्यालय कैलालीमा पेश गरेको जनाएको छ।
प्रतिकृया दिनुहोस