काठमाडौं। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को तस्बिर जलाएको आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ।
आइतबार प्रहरीले राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बमलाई प्रहरीले पक्राउ गरेको हो।उनलाई भरतपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए। शनिबार हेटौंडामा भएको कार्यक्रममा उनले प्रचण्डको तस्बिरमा आगो लगाएका थिए।
प्रतिकृया दिनुहोस