एमाले अछाम अधिवेशन : युवा नेतृ धमालाको उपसचिवमा दाबी

छिनोफानो   सोमबार १५, बैशाख २०८२ १२:२५

धनगढी । नेकपा एमाले अछामकि नेत्री निर्मला धमाला न्याैपानेले उप-सचीव पदमा उम्मेदवारी दिने भएकी छन् ।
आजबाट शुरु भएको नेकपा एमाले अछामको ९ औं जिल्ला अधिवेशनमा न्याैपानेले उप-सचीव पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन ।
हाल जिल्ला कमिटी सदस्य रहेकी न्याैपानेले आफ्नो दावी उप-सचिवमा रहेको बताइन् ।
नयाँ नेतृत्व चयनका लागि एमाले अछामको ९ औं अधिवेशन शनिबार देखि मंगलसैनमा सुरु भएको छ ।
१३ गते शनिबार उद्घाटन सत्र सकिएपछि आइतबारबाट मंगलसैनमै बन्दसत्र सुरु भएको छ।
निर्वाचन समितिका अनुसार आज नै उम्मेदवारी दर्ता हुनेछ भने भाेली ३:०० बजेबाट मतदान गरिनेछ ।
यद्यपि अध्यक्षसहित पदाधिकारीमा सहमतिको प्रयास पनि भइरहेको नेताहरुले बताएका छन् । 

यस्तो छ निर्मला धमाला न्याैपानेको राजनितिक यात्रा:

सानै उमेरदेखी एमालेसंग जोडिएकी न्याैपानेले २०६२ सालमा श्री सिद्धेश्वरी मावि धमालीकाे अनेरास्ववियु प्रारम्भिक कमिटीकाे सदस्यता लिएकी थिइन् ।
२०६८ साल देखि २०७३ साल सम्म दुई कार्यकाल नेकपा(एमाले) क्षेत्र नं. २ काे क्षेत्रीय कमिटी सचिवालय सदस्य भएर काम गरेकी उनी २०७४ सालबाट नेकपा तुर्माखाँदकाे सचिवालय सदस्य संगै पार्टीको प्रचार विभाग प्रमुख बनेकी थिइन् । 

२०७८ सालमा सम्पन्न नेकपा(एमाले) अछामको आठौं जिल्ला अधिवेशनबाट लाेकप्रिय मत सहित जिल्ला कमिटी सदस्य निर्वाचित भएकी न्याैपाने वि.सं. २०७४ र २०७९ सालकाे स्थानीय तहकाे निर्वाचनमा पार्टीका तर्फबाट उपाध्यक्ष पदकाे उम्मेदवारकाे आकांक्षी समेत थिइन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु