नाउपाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदबाट हटायो, निर्वाचन आयोगमा जानकारी

छिनोफानो   बुधबार १५, साउन २०८२ ०२:३५

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पदबाट हटाएको छ । अध्यक्षले विधानविपरीत कार्यवाहक अध्यक्ष तोकेको भन्दै पार्टीले उनलाई हटाउने निर्णय गरेको हो । उक्त निर्णयको जानकारी नाउपाले निर्वाचन आयोगलाई गराएको छ ।

पार्टीको अनुशासन समितिका संयोजक रामलाल डगौराको नेतृत्वमा श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिइएको थियो । तर तोकिएको समयभित्र उनले कुनै प्रतिक्रिया नदिएपछि पार्टीले उनलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेको हो ।

अनुशासन समितिको कारबाहीलाई पार्टीको मध्यबानेश्वरमा जारी राष्ट्रिय भेलाले अनुमोदन गर्ने बताइएको छ । अनुशासन समितिमा सुनिता चौधरी र पुण्य बुढा पनि सदस्य रहेका छन् ।

श्रेष्ठले पोखराको चर्चित लिचीबारी घुसकाण्डमा मुछिएपछि पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको विषयमा पार्टीभित्र व्यापक असन्तोष पैदा भएको थियो ।   लोकपथ बाट साभार 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु