। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पहिले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद विस्तार गर्ने बताएका छन् ।
मंगलबार पद तथा गोपनीयताको शपथ लिएपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री राईले पहिले विश्वासको मत लिएपछि मात्र मन्त्रालयको संख्या थप गर्ने र मन्त्रिपरिषद विस्तार गर्ने बताएका हुन् ।
पहिले हामी विश्वासको मत लिने काम गर्छौं, त्यसपछि कामको आवश्यकताको हिसाबले, गठबन्धनको आवश्यकताको हिसाबले मन्त्रालयको संख्या बढाउनुपर्नेछ । त्यसपछि मन्त्रिपरिषदलाई पूर्णता दिन्छौं’ उनले भने ।
अब प्रदेश सरकारले अर्को बजेट ल्याउने वा नल्याउनेबारे सत्तारुढ गठबन्धन र मन्त्रिपरिषदमा छलफल हुने मुख्यमन्त्री राईले बताए । उनले योजना छनोटमा भूमिका नभएकाले सांसदहरु निरीहजस्तो देखिएको भन्दै त्यसलाई सम्बोधन गर्ने बताए ।
प्रतिकृया दिनुहोस