घर छाउने खर काट्ने क्रममा बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–४ बिकुलकी ४२ वर्षीया तुलसी कुँवर रहेकी प्रहरीले जनाएको छ ।
घर नजिकैको गोठाखोला भिरमा खर काटिरहेका बेला कुँवर लडेकी थिइन् । उनको घट्नास्थलमै मृत्यु भएको स्थानीय प्रेमसिंह कुँवरले जानकारी दिए ।
प्रतिकृया दिनुहोस