कैलालीमा विईङ्गर र अटो आपसमा ठोक्किँदा ३ जनाको मृत्यु, ४ घाइते

  शनिबार १९, भदौ २०७८ ०२:३५

धनगढी ,कैलालीमा शुक्रबार राति विङ्गर र अटो एकआपसमा ठोक्किएर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन ।
जिल्लाको गौरीगंगा नगरपालिका ४  राजिपुर स्थित पुर्व पश्चिम रार्जमार्गमा  पश्चिम बाट पुर्ब तर्फ गईरहेको  म १ ज ३१९ नम्बरको विईङ्गर र पुर्व बाट पश्चिम तर्फ आउदै गरेको से १ ह २५१० नम्बरको अटो राती करिब ११ बजे तिर एक आपसमा ठोकिई दुर्घटना हुदा अटोमा सवार २ जनाको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा र १ जनाको माया मेट्रो अस्पतालमा  मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका  प्रवता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले अटोमा सवार ७ जना घाईतेलाई तत्काल उपचारका लागी  सेति प्रादेशिक अस्पताल , माया मेट्रो अस्पतालमा  धनगढी ल्याइएकोमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको बताए । मृत्यु हुनेमा घोडाघोडि नगरपालिक्व ९ का २४ वर्षीय युवराज चौधरी, सोही ठाउँका २६ वर्षीय अटो चालक भिगम चौधरी र  १९ वर्षीय जितेन चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै घाइते हुनेमा घोडाघोडी नगरपालिका ९ बस्ने बर्ष २४ को  दिपेन्द्र चौधरी, सोही ठाउका बर्ष २२को सुरेश चौधरी, बर्ष २० को असान चौधरी र बर्ष ३० को हरी चौधरी रहेका छन । घाइते चारै जनाको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको प्रहरी नायब उपरीक्षक बिष्टले बताए ।
ठक्कर दिने विईङगर र सहचालक प्रहरीको नियन्त्रणमा रहेको चालक भने दुर्घटना पछि फरार रहेको र उनको खोजीकार्य भैरहेको प्रहरीले जानकारी दिएको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु