सिंहदरबारभित्र जलेका गाडी हटाउने र भवनमा रङ्ग लगाउने काम शुरू

छिनोफानो   शुक्रबार ०३, असोज २०८२ ०४:५२

काठमाण्डाै – जेन–जी आन्दोलनका क्रममा सिंहदरबार परिसरभित्र आगजनी गरिएका गाडी हटाउने र कम क्षति भएका भवनहरूमा रङ्गरोगन गर्ने काम शुरू भएको छ ।

आन्दोलनकारीले विभिन्न मन्त्रालय र सरकारी कार्यालयमा आगजनी गर्दा क्षतिग्रस्त भएका गाडीहरू तत्कालका लागि नयाँ बानेश्वरमा रहेको संसद् भवन अर्थात् अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा राखिने भएको छ ।

यस्तै अर्थ मन्त्रालय लगायतका भवनहरूमा रङ्ग लगाउने काम पनि चलिरहेको छ । प्राविधिक अवलोकनपछि मर्मत गरेर सञ्चालन गर्न सकिने अवस्थामा रहेका भवनहरूमा रङ्ग लगाउने काम भइरहेको हो ।

तस्वीर : रासस

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु