वामपन्थीहरुबीच एकतामा माओवादी केन्द्रको जोड : नेता जनार्दन शर्मा असन्तुष्ट

छिनोफानो   आइतबार १७, कार्तिक २०८२ ११:५४

काठमाण्डौ – माओवादी केन्द्रले वामपन्थीहरुबीच एकतामा जोड दिएको छ । पार्टीको केन्द्रीय कार्यालयमा हिजो बसेको सचिवालय बैठकपछि नेता अग्निप्रसाद सापकोटोले पार्टी एकताका वैचारिक, राजनीतिक, सैद्धान्तिक कतिपय विषयमा टुङ्गाे लागिसकेको जानकारी दिनुभयो ।

नेकपा (एकीकृत समाजवादी)सहित महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, प्रेमबहादुर सिंह नेतृत्वको पार्टी, राजु कार्की नेतृत्वको पार्टीलगायतसँग एकताको प्रयास भइरहेको उहाँले बताउनुभयो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एकीकृत समाजवादीसँगको एकताबारे ब्रिफिङ गर्नुभएको थियो । तर नेता जनार्दन शर्माले प्रचण्डको ब्रिफिङप्रति असहमति व्यक्त गर्दै तीन पन्ने लिखित प्रस्ताव राखेर बैठकबाट बाहिरिनुभएको थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु